PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुन बनाउँदैनौँ : प्रचण्ड



पहिलोपोस्ट

निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुन बनाउँदैनौँ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने आश्वासन दिएका छन्।

'निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु। निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरि कुनै पनि कानुन बनाउँदैनौँ,' प्रचण्डले भने।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुन नबन्ने बताए। 

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell