PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

विशालबजारमा पहिलोपटक 'नेपाल डान्स फेस्ट’ हुँदै



पहिलोपोस्ट

विशालबजारमा पहिलोपटक 'नेपाल डान्स फेस्ट’ हुँदै

काठमाडौं : नेपालमा पहिलो पटक ‘नेपाल डान्स फेस्ट’ हुने भएको छ। वैशाख १५ र १६ गते विशालबजार रुफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा २ दिने महोत्सव हुन लागेको हो।

इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स् र बेली डान्स नेपालको आयोजानामा हुन लागेको उक्त फेस्टिभलमा नृत्य क्षेत्रका विभिन्न कलाकारको सहभागिता हुनेछ। महोत्सवमा वर्कसप, फरक फरक शैलीका २५ भन्दा बढी नाचका प्रस्तुति, विभिन्न शो हुनेछन्। फेस्टिभलमा सहभागी हुन ५ सयदेखि १ हजार सम्मका टिकट उपलब्ध छन्। 

फेस्टिभलमा डान्स आर्टिस्ट लगायत सर्वसाधारणसमेत सहभागी हुन सक्नेछन्। फेस्टिभलमा आकर्षक स्टलका साथै विभिन्न गतिविधिहरू पनि हुनेछन्। 

नेपालका डान्स आर्टिस्टहरूलाई एकै ठाउँ जोड्न उक्त फेस्टिभलको आयोजना गरिएको इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स्को संस्थापक निर्देशक निशिला शाक्यले बताइन्। 

‘नेपालमा राम्रा राम्रा डान्स आर्टिस्ट हुनुहुन्छ। तर सबै जना छरपस्ट छौँ। संकटको बेला हामी कहिल्यै पनि एक हुन पाएका छैनौँ। सबैलाई जोड्ने उद्देश्यले यो फेस्टिभलको आयोजना गरेका हौँ,’ शाक्यले भनिन्। 

पछिल्लो पुस्ताका डान्सहरूसँग धेरै सम्भावना भए पनि अवसर नभएकाले पछि पर्नुपर्ने बाध्यता रहेको शाक्यको भनाई छ। फेस्टमा डान्सका विभिन्न शैलीबारे चर्चित तथा स्थापित कलाकारहरूबाट नयाँ कुराहरू सिक्न सकिने उनी बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell