PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवल : पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मत्यु भएको छ।  पाल्पाको बगनासकाली गाउँपालिका–६ बस्ने ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

शुक्रबार दिउँसो तिनाउ गाउँपालिका–३ फुलगैरामा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell