PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

समाजवादी मोर्चाबारे झलनाथ खनाल : तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन



पहिलोपोस्ट

समाजवादी मोर्चाबारे झलनाथ खनाल : तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन
फाइल फोटो

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले तत्काल कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाम पुगेका खनाल पार्टी महाधिवेशनको तयारीमा लागेको समेत बताए।

पार्टी महाधिवेनको दिशामा अघि बढेको उल्लेख गर्दै खनालले साझा सवालमा मिलेर जान सक्ने बताए। 'अहिले हाम्रो पार्टी आफै आफ्नो विचार र सिद्धान्तलाई व्यवस्थित गर्दै महाधिवेशन गर्ने दिशामा अगाडि बढ्दैछौ,' उनले भने, 'त्यसैले अहिले हाम्रो पार्टी कुनै पार्टीसँग एकता गर्ने कुनै सम्भावनै छैन। तर मिलेर जानका लागि साझा सवालमा हाम्रो पार्टी जहिले पनि तयार छ।'

सत्तारुढ दलमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेपाल समाजवादीबीच समाजवादी मोर्चा बनाउने विषयमा बेलाबेलामा छलफल हुँदै आएको छ। यद्यपि यस विषयमा पार्टीहरु निर्णयमा पुग्न सकेको छैन।

नेता खनालले सरकारले अब नवौ चरणमा त मन्त्रिपरिषद्ले पूर्णता पाउने गरी काम गर्ने आफूले आश गरेकोसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell