काठमाडौं : गत फागुन १९ गतेदेखि प्रदर्शन शुरु गरेको चलचित्र ‘छक्का पञ्जा ४’ ले एकाउन्न दिन पार गरेको छ। यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन्।
अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताएका छन्। 'हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ”, गिरीले भने। गिरीले १६ हलमा छक्कापञ्जा ४ प्रदर्शन रहेको भने पनि क्यएफएक्समा शनिवार जम्मा तीन शो पाएको छ।
चलचित्रमा दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्। ‘छक्का पञ्जा’ को तेस्रो शृङ्खलासम्म अभिनेत्री निरौलाले नै निर्देशन गरेपनि पनि चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका हुन्।
यसैगरी नयाँ वर्षबाट शुरु भएको उपेन्द्र सुब्बाको लेखनमा रहेको जारी दोस्रो हप्तामा लागेको छ। दयाहाङ राई र मिरुना मगर स्टारर जारी देशभरमा क्युएफएक्समा शनिवार नवाै दिन ३६ शो पाएको छ।