PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

गण्डकीका मुख्यमन्त्री खगराजले मागे विश्वासको मत



पहिलोपोस्ट

गण्डकीका मुख्यमन्त्री खगराजले मागे विश्वासको मत

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन्। नेपाल कम्युनिस्ट पार्टी एमालेबाट गण्डकीको मुख्यमन्त्री बनेका खगराज नेतृत्वको सरकार केन्द्रमा समीकरण भत्किएसँगै धरापमा परेको थियो।

चैत १० गते नेकपा माओवादी केन्द्रले खगराज नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी सरकार अल्पमतमा परेको हो। अल्पमतमा परेका मुख्यमन्त्री खगराजले संविधानको धारा १८८ (२) बमोजिम आज शनिवार प्रदेश सभामा विश्वासको मत मागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell