PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

तीनै क्षेत्रमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदान बिहान ७ बजेबाट



पहिलोपोस्ट

तीनै क्षेत्रमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदान बिहान ७ बजेबाट
उपनिर्वाचनका लागि बिहीबार निर्वाचनको आवश्यक सामग्री बुझेर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी।

काठमाडौं : आइतवार तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। तीनै क्षेत्रमा मतदानको सम्पूर्ण तयार पुरा भएको निर्वाचन आयोगले जनाएको छ। शनिवार आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले वक्तव्य जारी गर्दै भनेको छ, 'भोलि वैशाख १० गते आइतवार हुने बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को सम्पूर्ण तयारी पूरा भएको छ।'

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म गर्न सक्ने आयोगले जनाएको छ। मतदान केन्द्रमा सुरक्षाकर्मीबाटसमेत सुक्ष्म अनुगमन भइरहेको आयोगले जनायो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell