PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

खगराजले पाएनन् विश्वासको मत, गण्डकीमा ढल्यो एमाले सरकार



पहिलोपोस्ट

खगराजले पाएनन् विश्वासको मत, गण्डकीमा ढल्यो एमाले सरकार
फोटो : रासस

पोखरा : नेपाल कम्युनिस्ट पार्टी ( एमाले)बाट गण्डकी प्रदेशका मुख्यमन्त्री  बनेका खगराज अधिकारीले विश्वासको मत पाएनन्। अल्पमतमा परेका खगराजको पक्षमा जम्मा २४ मत आयो। यता उनको विपक्षमा ३५ मत पर्‍यो।  चैत १० गते नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएसँगै खगराज नेतृत्वको अल्पमतमा परेको थियो।

अल्पमतमा परेका खगराजले संविधानको धारा १८८ (२) बमोजिम शनिबार प्रदेश सभामा विश्वासको मत लिएका हुन्। ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ सांसद, एक स्वतन्त्र सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell