PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

अन्तिम ओभरमा ४ विकेट गुमाउँदा लखनउ पराजित, गुजरात तेस्रो स्थानमा उक्लियो



पहिलोपोस्ट

अन्तिम ओभरमा ४ विकेट गुमाउँदा लखनउ पराजित, गुजरात तेस्रो स्थानमा उक्लियो
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा लखनउ सुपर जायन्ट गुजरात टाइटन्ससँग पराजित भयो। लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली गुजरातसँग ७ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ ७ विकेट गुमाएर १ सय २८ रनमा समेटियो।

गुजरातका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ६६ रन बनाउँदा ऋद्धिमान शाहले ४७ रन बनाए। त्यस्तै विजय शंकरले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ लखनउका क्रुणाल पाण्ड्या र मार्कस स्टोइनिसले समान २ विकेट लिँदा नवीन उल हकले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउका ओपनरद्वय केएल राहुल र केल मेयर्सले ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। राहुलले सर्वाधिक ६८ रन बनाउँदा मेयर्सले २४ तथा क्रुणाल पाण्ड्याले २३ रन बनाए। अन्तिम ओभरमा चार विकेट गुमाउँदा लखनउ लक्ष्यसम्म पुग्न सकेन। गुजरातमा मोहित शर्मा र नूर अहमदले समान २ विकेट लिँदा राशिद खानले १ विकेट लिए।

जितसँगै ६ खेलबाट ८ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्ष चारमा रहेका राजस्थान रोयल्स, लखनउ सुपर जायन्ट, चेन्नइ सुपर किंग्स र गुजरात टाइटन्सको समान ८ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell