PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लिगको शीर्ष स्थानमा वर्चस्व बनाउँदै जावलाखेल: चर्च ब्वाइजको पहिलो हार, मनाङ फेरि पराजित



पहिलोपोस्ट

लिगको शीर्ष स्थानमा वर्चस्व बनाउँदै जावलाखेल: चर्च ब्वाइजको पहिलो हार, मनाङ फेरि पराजित
Photo: MML

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शनिवार सम्पन्न तेस्रो खेलमा चर्च ब्वाइज क्लब जावलाखेल युथ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज लिग लिडर जावलाखेलसँग १-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ थप प्रतिस्पर्धात्मक बनेको थियो। जावलाखेललाई जित दिलाउन एनकोटो मासोओबीले ६४ औँ मिनेटमा निर्णायक गोल गरे।

जितसँगै शीर्षस्थानमा जावलाखेलले अंकदूरी बढाउँदै लगेको छ। अर्कोतर्फ १० औँ चरणसम्म अपराजित रहेको एकमात्र टोली चर्च ब्वाइज ११ औँ चरणमा आएर पराजित भएको छ। शीर्षस्थानको जावलाखेलले ११ खेलबाट २३ अंक जोड्दा दोस्रो र तेस्रो स्थानमा रहेका चर्च ब्वाइज र थ्री स्टार क्लबको समान १८ अंक छ।

शनिवार नै सम्पन्न पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले पराजयको शृङखलालाई कायमै राखेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र एफसी खुमलटारसँग २-१ गोलअन्तरले पराजित भयो। मनाङको जारी लिगमा यो लगातार चौथो हार हो। त्यस्तै च्यासल मैदानमा सम्पन्न खेलमा मछिन्द्र क्लबले पनि फ्रेन्ड्स क्लबलाई २-१ गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell