PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

बारा २ उपनिर्वाचनः सबै तयारी पूरा, ६५ मतदानस्थल उच्च निगरानीमा



पहिलोपोस्ट

बारा २ उपनिर्वाचनः सबै तयारी पूरा, ६५ मतदानस्थल उच्च निगरानीमा

वीरगंजः आइबार हुने उपनिर्वाचनको बारा २ को तयारी पूरा भएको छ। निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार मतदान केन्द्रको निर्माण तथा तयारी, मतदान सामाग्रीको व्यवस्थापन, कर्मचारी एवं सुरक्षा प्रबन्धलागयत सबै तयारी भइसकेको छ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ।

बारा २ मा ८२ मतदानस्थल अन्तर्गत १३७ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ। ८२ मध्ये ६५ मतदानस्थल उच्च जोखिममा तथा १७ वटा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका एसपी होबिन्द्र बोगटीले अनुसार सुरक्षाको सबै तयारी पूरा भएको बताए। उपचुनावलाई लक्षित गर्दै पूर्व–पश्चिम राजमार्गबाहेक बारा जिल्लामा अत्यावश्यक सवारी साधन बाहेक सबै बन्द गरिएको बोगटीले बताए।

बारा २ मा एक लाख ५ हजार मतदाता छन् भने ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell