काठमाडौं : आज रिक्त रहेका प्रतिनिधिसभाका तीन सिटका लागि उपनिर्वाचन हुँदैछ। तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २मा उपनिर्वाचन हुँदैछ।
आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। निर्वाचन हुने तीनै क्षेत्रमा सार्वजनिक विदा दिइएको छ।
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। यस्तै, बारा २ मा भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र एमालेका पुरुषोतम पौडेलबिच मुख्य प्रतिस्पर्धा हुनेछ। यादवलाई गठबन्धनको साथ छ।
यता, तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, कांग्रेसबाट गोविन्द्र भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल लगायत प्रतिस्पर्धामा छन्।