PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

क्यानडाको अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन र बहुमूल्य वस्तु चोरी, अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

क्यानडाको अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन र बहुमूल्य वस्तु चोरी, अनुसन्धान गर्दै प्रहरी
Photo : NBC NEWS

क्यानडाको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका साथै अन्य बहुमूल्य जस्तु चोरी भएको घटना अहिले चर्चामा छ। यो घटना गत अप्रिल १७ को हो। सो दिन विमानस्थलबाट एक अर्ब ९४ करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुन र बहुमूल्य वस्तु हराएको थियो। प्रहरीले अहिले यो विषयमा अनुसन्धान गरिरहेको छ।

गत सोमबार विमानस्थलको ‘कार्गो’ राख्ने स्थानबाटै सुन र अन्य वस्तु चोरी भएको अनुमान प्रहरीको छ। प्रहरीले घटनाबारे थप विवरण दिन अस्वीकार गरेको छ।

यो विमानस्थल प्रायस सुन ओसारपसारका लागि प्रयोग हुने गर्छ। ओन्टेरियो प्रान्तको खानीबाट निकालिएको सुन यही विमानस्थल हुँदै पठाइने गरिन्छ। यो चोरी क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरीको घटना भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell