PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

आईपीएलका शीर्ष पाँच टोलीको समान ८ अंक, मुम्बईमाथि पञ्जाबको रोमाञ्चक जित



पहिलोपोस्ट

आईपीएलका शीर्ष पाँच टोलीको समान ८ अंक, मुम्बईमाथि पञ्जाबको रोमाञ्चक जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले मुम्बई इण्डियन्सलाई हराएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले घरेलु टोलीमाथि १३ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ६ विकेट गुमाएर २०६ रनमा समेटियो।

पञ्जाबका लागि बिस्फोटक ब्याटिङ गरेका कप्तान साम करनले २९ बलमा सर्वाधिक ५५ रन बनाउँदा हरप्रीत सिंहले ४१, अथर्व ताइडेले २९, प्रभ शिमरन सिंहले २६ तथा जितेश शर्माले २५ रन बनाए। बलिङतर्फ मुम्बईका क्यामरन ग्रीन र उमेश चावलाले समान २ विकेट लिँदा अर्जुन तेन्दुल्कर, जेसन बेहरेनड्रोफ र जोफ्रा आर्चरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईका क्यामरन ग्रीनले सर्वाधिक ६७ रन, सूर्यकुमार यादवले ५५ तथा कप्तान रोहित शर्माले ४४ रन बनाए पनि टोलीको हारलाई टारन् सकेनन्। पञ्जाबका अश्रदीप सिंहले सर्वाधिक ४ विकेट लिँदा नाथन इल्लिस र लिआम लिभिङस्टोनले समान १ विकेट लिए।

योसँगै अंकतालिकाको समीकरण रोचक बन्दै गएको छ। तालिकामा शीर्ष पाँचमा रहेका राजस्थान रोयल्स, लखनउ सुपर जायन्ट, चेन्नइ सुपर किंग्स, गुजरात टाइटन्स र पञ्जाब किंग्सको समान ८ अंक छ। छैटौँ र सातौँ स्थानमा रहेका बेङ्ग्लोर र मुम्बईको समान ६ अंक रहँदा आठौँ र नवौँ स्थानमा रहेका कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादको समान ४ अंक छ। तालिकाको पुछारमा रहेको दिल्ली क्यापिटल्सको २ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell