PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पंजाबबाट पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह



पहिलोपोस्ट

पंजाबबाट पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह
Photo : ANI

भारतबाट पंजाब राज्य टुक्राएर छुट्टै खालिस्तान राष्ट्र बनाउने अभियानको नेतृत्व गरिरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। उनले आज बिहान पंजाब प्रहरी कहाँ पुगेर आत्मसमर्पण गरेको र त्यसपछि उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

पंजाबको मोगाबाट उनलाई पक्राउ गरिएको हो। उनी पक्राउ परेसँगै दंगा हुन सक्ने भन्दै प्रहरीले सबै समुदायलाई शान्ति कायम राख्न अनुरोध गरेको छ। उनी मार्च १८ देखि फरार थिए।

३० वर्षीय सिंहले पञ्जावलाई शिखहरुको लागि छुटै 'खालिस्तान' राष्ट्र बनाउनुपर्ने माग गर्दै आएका छन्। उनीविरुद्ध भारतमा राज्य विप्लव विरुद्धको आरोपदेखि ज्यान मार्ने उद्योग लगायतका विभिन्न आरोपहरू रहेका छन्।

भारतमा उनीविरुद्ध सुरक्षा एजेन्सीहरु आक्रमक भएपछि बेलायत, अमेरिका र क्यानडामा 'खालिस्तान मुभमेन्ट' फेरि सक्रिय बनेको थियो। बेलायतस्थित भारतीय राजदूतावास बाहिर खालिस्तानको माग गर्दै प्रदर्शनसमेत भयो। प्रदर्शनका क्रममा केही खालिस्तान अभियन्ताहरुले दूतावासबाट भारतीय झण्डा निकालेर खालिस्तानी झण्डा राख्ने प्रयाससमेत गरेका थिए।

आफ्नो दूतावासमा नै आक्रमणको प्रयास भएपछि भारतले बेलायती कुटनीतिज्ञलाई बोलाएर प्रश्न गरेको थियो। भारतले विरोधमा नयाँ दिल्लीमा रहेको बेलायती दूतावास र राजदूतको निवास बाहिरको सुरक्षा हटाएको थियो। यस्तै, क्यानडा र अमेरिकालाईसमेत खालिस्तान अभियान रोक्न भारतले भनेको छ। भारतले क्यानडाका एक 'खालिस्तानी समर्थक शिख' सांसद र अन्य केही व्यक्तिको ट्वीटर ह्यान्डल भारतमा संचालनमा रोकसमेत लगाएको थियो।

यसबिच अमृतपाल नेपालमा आउन सक्ने भन्दै भारतीय दूतावास नेपाल सरकारलाई पत्र लेख्दै सुरक्षा व्यवस्था कडा बनाउन अनुरोध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell