PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

मुम्बई प्रहरीले पंजाब किंग्सलाई भन्यो : मुद्दा दर्ता गर्न आईपीएल ट्रफी जितेको हुनुपर्छ!



पहिलोपोस्ट

मुम्बई प्रहरीले पंजाब किंग्सलाई भन्यो : मुद्दा दर्ता गर्न आईपीएल ट्रफी जितेको हुनुपर्छ!

गएराति इण्डियन प्रिमियर लिग (आईपीएल) मा पंजाब किंग्स र मुम्बई इण्डियन्स आमनेसामने भए। मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले घरेलु टोलीमाथि १३ रनको जित निकाल्यो।

पंजाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ६ विकेट गुमाएर २०६ रनमा समेटियो।

पंजाबका अश्रदीप सिंहले सर्वाधिक ४ विकेट लिएका थिए। मुम्बईले ब्याटिङ गरिरहँदा उनले प्रहार गरेको एक बलमा बिचको विकेट नै उडेको थियो।

पंजाबल किंग्सले यसै विषयमा ठ्ट्टा गर्दै सिंहले विकेट उडाएको तस्विर ट्वीटरमा राख्दै मुम्बई प्रहरीमा उजुरी दिन चाहेको लेख्यो।

जवाफमा मुम्बई प्रहरीले पनि ठट्टा शैलीमा पंजाबलाई आईपीएल ट्रफी जिते मात्रै ‘एफआएआर’ दर्ता गर्न सक्ने बतायो।

‘भारतीय जनताका लागि आधार कार्ड जस्तै मुद्दा दर्ताका लागि भने आईपीएल फ्रान्चाइजका लागि ट्रफी अनिवार्य छ,’ मुम्बई प्रहरीले ट्वीटरमा लेखेको छ।

मुम्बई प्रहरीले ट्वीटरमा गरिएको केही ‘मेनसन’ हरुमा यसरी नै ठट्टा शैलीमा जवाफ फर्काउने गरेको छ। कोरोनाका कारण लकडाउन हुँदा एक युवकले लकडाउनका लागि प्रेमिका भेट्न नपाएको भन्दै मुम्बई प्रहरीलाई 'मेनसन' गर्दै ट्वीट गरेको थियो। जवाफमा मुम्बई प्रहरीले त्यो बेला जति दुरी भयो त्यति सम्बन्ध बलियो हुने भन्दै जवाफ दिएको थियो।

सन् २००८ देखि सुरु भएको आईपीएलमा पंजाबले अहिले सम्म उपाधि जितेको छैन। मुम्बईले भने पाँचपटक आईपीएलको उपाधी जितिसकेको छ। त्यसैले मुम्बई प्रहरीले पंजाबलाई ‘ट्रफी’ जितेर आउन भन्दै ठट्टा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell