PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पाल्पाको जोरधारामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी



पहिलोपोस्ट

पाल्पाको जोरधारामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

बुटवल : पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ। सिद्धार्थ दाजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५ स्थित जोरधारामा बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना भएको हो।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए। दुर्घटनाग्रस्त बसमा २५ देखि ३० जना यात्रु सवार रहेको बताइएको छ।

दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खसेको छ। विस्तृत विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell