PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

साताको पहिलो दिन घट्यो सुनको मूल्य



पहिलोपोस्ट

साताको पहिलो दिन घट्यो सुनको मूल्य

काठमाडौं : साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आइतवारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिनका तुलनामा ४ सय रुपैयाँले बढेर शुक्रवार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा पुगेको थियो।

चाँदीको मूल्य दुई दिनपछि तोलामा ५ रुपैयाँ घटेको छ। आइतवार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँ कायम छ। शुक्रवार प्रतितोला १४ सय ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतवार सुनचाँदी दुवैको मूल्य केही घटेर कारोबार भइरहेको छ। सुन प्रतिऔंस १९८३.१९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २५.०५ डलर छ। शुक्रवार सुन प्रतिऔंस २०००.६४ डलर र चाँदी २५.१७ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell