PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ३३ जना घाइते



रमेश पराजुली

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ३३ जना घाइते

बुटवल : पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी ३३ जना घाइते भएका छन्। दुर्घटनामा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट ३३ जनाको उद्धार गरी उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। मृतक र घाइतेको पहिचान खुलेको छैन। आइतवार बिहान बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बर बस बुटवल–पाल्पा सडकखण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खसेर भीरमा अड्किएको अवस्थामा छ। बसमा सवार सबै यात्रुको उद्वार भइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell