PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

महाकाली नदीमा तुइनबाट खसेर एक जना बेपत्ता : भारतमा भेटियो शव



पहिलोपोस्ट

महाकाली नदीमा तुइनबाट खसेर एक जना बेपत्ता : भारतमा भेटियो शव

काठमाडौं : दार्चुलामा तुइनबाट खसेर एक जनाको मृत्यु भएको छ। ब्याँस गाउँपालिका-२ तल्लो दुम्लिङस्थित घुमले भन्ने स्थानमा बस्ने ४५ वर्षीय सिन्दल सिंह भण्डारीको महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा खसेर शनिवार दिउँसो मृत्यु भएको  हो।

तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा भारततर्फ मन्ती भन्ने स्थानमा शव फेला परेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell