बारा : उपनिर्वाचनका क्रममा बारा क्षेत्र २ मा मतदान जारी छ। मतदानकै क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मतपत्र फेला परेको थियो।
मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनायो। जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन्।