बारा : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बारामा उपनिर्वाचनका क्रममा विभिन्न क्षेत्रमा बुथ कब्जा गरेको आरोप लगाएका छन्। बारा २ को उपनिर्वाचनको क्रममा सत्तारुढ दल जनता समाजवादी पार्टीले बिहानैबाट मतदान केन्द्र कब्जा गरेको आरोप लगाएका हुन्।
'बिहानैदेखि बचरौताको बेलदारी बुथ कब्जा भएको अवस्था छ। जसपाका कार्यकर्ताले काटदिन्छु भनेर धम्की दिएको छ,' सञ्चारकर्मीसँग राउतले भने, 'देवतालमा पनि त्यस्तै भएको छ। हामीलाई प्रचार गर्न छिर्न दिइएको थिएन।'
यसबारे प्रशासनलाई खबर गर्दा कुनै कारबाही नभएको उनको भनाई थियो। 'प्रहरीलाई हामीले भने पनि केही कारवाही गर्न सकेको छैन। झडपको स्थित सिर्जना भएको छ,' राउतले भने।