PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

वसीम र बृत्यको फेरि बिस्फोटक ब्याटिङ, सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य



पहिलोपोस्ट

वसीम र बृत्यको फेरि बिस्फोटक ब्याटिङ, सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य
तस्बीर: क्यान

काठमाडौँ: बृत्य अरबिन्द र मोहम्मद वसीमले बिस्फोटक ब्याटिङ गर्दा यूएईले सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।

पहिलो विकेटका रुपमा २.४ ओभरमा आर्यन लार्कालाई गुमाएको यूएईका लागि दोस्रो विकेटका लागि मोहम्मद वसीमले २ सय ४६ रनको साझेदारी गर्दै टोलीलाई विशाल लक्ष्यतर्फ डोहोर्‍याए। बृत्यले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहायतामा १७४ रन बनाउँदा कप्तान वसीमले १३३ बलमा ९ चौका र १६ छक्काको सहायतामा १६० रन बनाए। जारी प्रतियोगितामा अरबिन्द यो उच्च स्कोर भने होइन। उनले कुवेत विरुद्धको खेलमा १८५ रन बनाएका थिए।

त्यसबाहेक आयन अफ्जल खानले ७४ रन बनाउँदा सचित शर्मा १६ रनमा अविजित रहे।

बलिङतर्फ सिंगापुरका अद्वित्य भार्गवले सर्वाधिक ४ विकेट लिँदा रमेश कालीमुथुले ३, विनोथ वसकरनले २ तथा मनप्रीत सिंहले १ विकेट लिए।

सिंगापुर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell