PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

रवि लामिछानेले मौन अवधिको उल्लंघन गरेको निर्वाचन आयोगको ठहर, 'यस्तो गर्न पाइँदैन'



पहिलोपोस्ट

रवि लामिछानेले मौन अवधिको उल्लंघन गरेको निर्वाचन आयोगको ठहर, 'यस्तो गर्न पाइँदैन'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन-२ का प्रतिनिधि सभा उप निर्वाचनका उम्मेदवार रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा सिके राउतले मौन अवधिको उल्लंघन गरेका छन्। मौन अवधिको उल्लंघन भएपछि निर्वाचन आयोगले उनीहरुका अभिव्यक्तिबारे निगरानी गरिरहेको बताएको छ। मौन अवधिका बेलामा उम्मेदवारले मत माग्ने र विपक्षीबारे आलोचना गर्न नहुने आयोगको भनाइ छ। गुनासा भए निर्वाचन आयोगले व्यवस्था गरेको निकायमा आउने पनि आयोगले अपिल गरेको छ। 

निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले लामिछाने र राउतको अभिव्यक्ति उल्लंघनको विषय भएको बताएका छन्। 'यस्तो गर्न पाइँदैन। यो उल्लंघनको विषय हो। केही गुनासा भए हामीले व्यवस्था गरेको ठाउँमा भन्ने हो। यसरी आफैंले अनेक बोल्नु हुदैँन,' उनले भने। बारामा राउतले जनता समाजवादी पार्टी, नेपालको विरोध गर्दै सञ्चार माध्यममा प्रतिक्रिया दिएका थिए भने चितवनमा लामिछानेले बिहानै फेसबुक लाइभमार्फत मत मागेका थिए। मतदान सुरु हुनुअघि ४८ घण्टादेखि मौन अवधि लागू भएको थियो। मतदान नसकिएसम्म मौन अवधि लागू हुने निर्वाचन आयोगले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell