PahiloPost

Dec 25, 2025 | १० पुष २०८२

‘नाङ्गो गाउँ’ फस्ट लुक यस्तो, भदौ २९ बाट प्रदर्शनमा आउने



पहिलोपोस्ट

‘नाङ्गो गाउँ’ फस्ट लुक यस्तो, भदौ २९ बाट प्रदर्शनमा आउने

काठमाडौं : दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी तीजको अवसरमा भदौ २९ गते रिलिज हुने पक्का भएको हो।

सार्वजनिक फस्टलुकमा कुनै पनि कलाकारको तस्वीर राखिएको छैन। फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भूमिका रहेको छ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ। निर्देशक दीपेन्द्र लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए। फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell