PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

केही दिनमा समाजवादी मोर्चा बन्ने प्रचण्डको दाबी, भने : फेरि कम्युनिष्ट पार्टीको एकता गरौं



पहिलोपोस्ट

केही दिनमा समाजवादी मोर्चा बन्ने प्रचण्डको दाबी, भने : फेरि कम्युनिष्ट पार्टीको एकता गरौं

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुलाई एक हुन आह्वान गरेका छन्। ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र संभावना’सम्बन्धी कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै प्रचण्डले एकताको नयाँ पहल सुरु गर्नुपर्ने बताए।

‘आउनुस् बिना आग्रह पूर्वाग्रह समीक्षा गरौं। विचार धाराको समीक्षा गरौं। आत्मा समीक्षा गरौं। यसले मात्रै हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुने छौं,’ उनले भने।

एकताका लागि केही पार्टीहरुका बिचमा छलफल सुरु भइसकेको प्रचण्डको भनाइ छ। उनले कसरी एकता गर्ने भन्नेबारेमा बहस भएको बताए।

उनले भने, ‘एकताको नयाँ पहल सुरु गरौं। अहिले केही कम्युनिस्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौं। हामी पहिलाको जस्तै गरेर सुरु गरौं या नयाँ तरिकाले? पहिला अहिलेको राष्ट्रको आवश्यकतलाई राष्ट्रियता, विकासका लागि मोर्चामा आवद्ध हौं र त्यसबाट सन्देश दियौं। छलफलको क्रम त्यहिबाट सुरु गरौं।’

प्रचण्डले केही दिनमै समाजवादी मोर्चा बन्ने पनि बताएका छन्। उनले उक्त मोर्चाले नै सबै पार्टीलाई एक ठाउँमा ल्याउने बताए।

‘केही दिन भित्रै समाजवादी मोर्चा बन्नेछ। त्यहिँबाट नयाँ कम्युनिष्ट मोर्चा बन्ने छ। त्यहि मोर्चाले सबैलाई अपिल गर्ने छ। नेकपा एकाध नेताको सनकबाट दुर्घटनामा परे पनि जनता र आम कार्यकर्ताले अनुमोदन गर्‍यो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell