PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी



पहिलोपोस्ट

आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आचार संहिता उल्लंघ नगरेकोमा माफी मागेको छ। चितवनमा भएको सर्वदलीय बैठकमा रास्वपाले माफी माग्ने सहमति जुटेको हो। 'मतदान चलिरहेका बेला आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो,' सर्वदलीय बैठकको निर्णयमा भनिएको छ।

उक्त निर्णयपछि मतदान रोकिएको नयाँ किरण माविमा मतदान पुन: सुरु भएको छ। रास्वपाका सभापति तथा चितवन- २ का प्रतिनिधि सभा उप निर्वाचनका उम्मेदवार रवि लामिछाने उक्त मतदान केन्द्रमा पुग्दा उनको पक्षमा नाराबाजी भएको थियो। त्यसपछि अरु दलका कार्यकर्ताले निर्वाचन स्थलमा नाराबाजी गर्न नपाउने भन्दै विरोध गरेका थिए।

लगत्तै धकेलाधकेल भएपछि फेसबुक लाइभमा लामिछानेले मौन अवधिकोसमेत उल्लंघन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell