PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र



पहिलोपोस्ट

तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र
बाराको निर्वाचन क्षेत्र नं २ मा पर्ने सुर्वण गाँउपालिका वडा नं २, कवही जगात मतदान केन्द्रमा आइतबार मतदान गर्दै। रासस

काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको मतदान सकिएको छ। बारा-२, चितवन निर्वाचन- २ र तनहुँ-१ को निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मतदान भएको हो।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो। तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको आयोगको भनाइ छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell