PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

वर्षाको असर: मुलपानी र कीर्तिपुरका दुबै खेलमा टस हुन सकेन



पहिलोपोस्ट

वर्षाको असर: मुलपानी र कीर्तिपुरका दुबै खेलमा टस हुन सकेन
तस्बिर: क्यान

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत सोमवार हुने दुबै खेलमा टस हुन सकेको छैन। सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बहराइन र हङकङ तथा मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदी अरबबीचको खेलतालिका रहेको छ। तर, वर्षाका कारण दुबै स्थानमा टस हुन सकेको छैन।

आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्ने नेपालको समीकरण रहेकोमा वर्षा वाधक देखिएको छ। समूह 'ए' मा दुई खेल खेलेर दुबैमा जित निकालेको नेपाल ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। समान २ खेलबाट १ जित निकालेको साउदी २ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। साउदी विरुद्धको खेलमा जित निकाल्न सके नेपाल सेमिफाइनलमा पुग्नेछ। साउदी विरुद्धको  खेलबाट मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

तर, आइतवारबाट काठमाडौँमा वर्षाको माहोल र छिटपुट वर्षा भइरहँदा नेपाल र साउदीबीचको खेल हुनेमा अन्योल भने रहनेछ।

जल तथा मौसम विज्ञान विभागले सोमवार क्षणिक तथा हल्का वर्षाको पूर्वानुमान गरेको छ।

'देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।' विभागले सोमवार बिहान अपडेट गरेको पूर्वानुमानमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell