PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा



पहिलोपोस्ट

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको पेशी चढेको छ। जिल्ला अदालत काठमाडौंमा मुद्दाको अन्तिम किनारा लगाउनको लागि सुनुवाइ भइरहेको छ। सोमवार न्यायाधीश दिपक ढकालको इजलासमा पेशी चढेको हो।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै गत असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।

त्यसपछि जिल्ला अदालतले उनलाई कारागार पठाएको थियो। तर जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell