बारा : बारा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आइतवार सम्पन्न निर्वाचनको मतगणना अब केही बेरमा हुने बताइएको छ।
सबै राजनीतिक दल, उम्मेदवार र उनीहरुका प्रतिनिधिहरु मतगणना स्थलमा आइसकेको र अब छिट्टै गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत मुकेश काफ्लेले जानकारी दिए। मतगणनाको तयारी भइरहेको उनले बताए।
बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र एमालेका पुरुषोतम पौडेलबिच मुख्य प्रतिस्पर्धा हुनेछ। यादवलाई गठबन्धनको साथ छ।