PahiloPost

Dec 25, 2025 | १० पुष २०८२

रौतहटमा एक लाख बिरुवा रोप्ने युवा नेता यादवको घोषणा



पहिलोपोस्ट

रौतहटमा एक लाख बिरुवा रोप्ने युवा नेता यादवको घोषणा

गौर : आम जनता पार्टीका नेता निवेश यादवले एक लाख विरुवा रोप्ने घोषणा गरेका छन्। 

सोमवार सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य सार्वजनिक गर्दै नेता यादवले एक लाख वृक्षारोपण गर्ने अभियानको घोषणा गरेका हुन्। आम जनता पार्टीका प्रचार प्रसार विभाग उपप्रमुख यादवले उक्त अभियान रौतहट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका गाउँहरुमा लागू गर्ने जनाएका छन्। रौतहट क्षेत्र नम्बर १ को दुइटै प्रदेशसभा क्षेत्रमा ५० हजारका दरले वृक्षारोपण गर्ने नेता यादवको योजना रहेको बताएका छन्। 

राजनीतिकर्मीले निर्वाह गर्नुपर्ने विभिन्न दायित्वहरुमध्ये वातावरण संरक्षण पनि एउटा महत्वपूर्ण कार्य रहेकोले आफुले अभियान घोषणा गरेको नेता यादवले जनाएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा खेतीयोग्य जमिन बढीरहेको र मुख्य जनसंख्या कृषिमा आधारित रहेको तर वातावरणीय प्रभावका कारण विभिन्न समस्या उत्पन्न हुने गरेको बताउदै नेता यादवले वृक्षारोपणमार्फत वातावरणीय सन्तुलन कायम राख्न सकिने दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell