PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

विश्वासको मत माग्दै लुम्बिनीका मुख्यमन्त्री गिरीले भने : राजनीतिक दाउपेचमा अल्झिनु न्याय संगत हुँदैन (पूर्णपाठ)



पहिलोपोस्ट

विश्वासको मत माग्दै लुम्बिनीका मुख्यमन्त्री गिरीले भने : राजनीतिक दाउपेचमा अल्झिनु न्याय संगत हुँदैन (पूर्णपाठ)

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभामा विश्वासको मत माग्दै गिरीले आफ्नो कार्यकालमा गरेका कामहरुको प्रगति विवरण सुनाएका छन्। उनले सडक, जलस्रोत तथा सिचाइँ लगायतका पूर्वाधारको काम गर्नुका साथै सामाजिक विकासमा जोड दिएको बताएका छन्।

उनले आफ्नो सरकारले गरेको कामहरुको मूल्याङ्कन र त्यसको प्रभावकारिता भने जनस्तरबाटै मापन भइरहेको पनि बताएका छन्। तर, उनले प्रदेशलाई राजनीतिक दाउपेचमा अल्झिनु न्याय संगत नहुने बताएका छन्

उनले प्रदेशमा सबैलाई मिलेर अघि बढ्न, स्थिरताको पक्षमा र अस्थिरताको विपक्षमा एकजुट हुन आह्वान गरेका छन्। आफूलाई फेरि विश्वासको मत माग्दै उनले प्रदेश निर्माणमा सबैको सहयोग मागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell