PahiloPost

Jul 16, 2026 | ३२ असार २०८३

चिसियो काठमाडौं : वायु प्रदुषणले धुम्म परेको राजधानीमा झरी परेपछि जे देखियो

चिसियो काठमाडौं : वायु प्रदुषणले धुम्म परेको राजधानीमा झरी परेपछि जे देखियो

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव जारी छ। सोही मौसमी प्रणालीका कारण देशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भएको छ।

काठमाडौं उपत्यका पनि दिउँसो वर्षाले रुझाएको छ। वर्षाका कारण विशेषगरी पैदलयात्रीहरु प्रभावित भए। केहीबेर परेको पानी हाल भने रोकिएको छ।

वर्षाका बावजुद पनि काठमाडौं चलायमान नै रह्यो। मानिसहरु छाता ओडेर आवतजावत गरिरहेका थिए। मोटरसाइकल प्रयोगकर्ताहरु रेनकोट ओडेर आफ्नो गन्तव्यतिर गइरहेका थिए।

श्रमिकहरुले पनि आफ्नो काम व्यस्त देखिन्थे भने ट्राफिक प्रहरीले वर्षाका बिच सवारी व्यवस्थापन गरिरहेका थिए।

प्रदुषण र डढेलोका कारण धुम्म बनेको काठमाडौं उपत्यका अहिले केही खुलेको छ। यद्यपि, आकाश भने बादलले ढाकेको छ।

सोमवार राति पनि देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell