PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

तनहुँमा 'घण्टी' बजाउन मतान्तर बढाउँदै स्वर्णिम, मतगणनामा यस्तो देखियो रफ्तार



पहिलोपोस्ट

तनहुँमा 'घण्टी' बजाउन मतान्तर बढाउँदै स्वर्णिम, मतगणनामा यस्तो देखियो रफ्तार

काठमाडौं : प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ मा हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ। 

मध्यरातबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले ठूलो मतान्तरसहित अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द्र भट्टराईले पछ्याइरहेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनाल भने तेस्रोमा छन्।

मध्यरातदेखि सुरु भएको मतगणनामा स्वर्णिमले आफ्नो अग्रता कायमै राखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell