PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

'सतीदेवी' को छायाङ्कन सुरु



पहिलोपोस्ट

'सतीदेवी' को छायाङ्कन सुरु

काठमाडौं : अभिनेत्री मलिका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’ को छायाङ्कन सुरु भएको छ। सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएसँगै फिल्मको छायाङ्कन सुरु गरिएको हो। काठमाडौंसँगै लमजुङमा फिल्मको छायाङ्कन गरिनेछ।

निर्देशक लक्ष्मण सुवेदीले फिल्मको छायाङ्कन सुरु भएको फेसबुकमार्फत जानकारी दिएका हुन्। दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा लक्ष्मण सुवेदीकै निर्माण र लेखन रहेको छ।

फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटाको लगायतको अभिनय रहनेछ। फिल्मको शीर्षक सतीदेवी भए पनि यसको कुनै पनि धार्मिक पृष्ठभूमिसँग सम्बन्ध नरहेको सुवेदीले स्पष्ट पारे। फिल्मले एक ग्रामीण युवतीको संघर्षको कथा भन्ने उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell