PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

'नेपाल -युरोपियन युनियन फिल्म फेस्टिभल' तीनवटा प्रदेशमा आयोजना हुने



पहिलोपोस्ट

'नेपाल -युरोपियन युनियन फिल्म फेस्टिभल' तीनवटा प्रदेशमा आयोजना हुने

काठमाडौं : ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल आयोजनाको घोषणा भएको छ। नेपालस्थित युरोपियन युनियनको आयोजनामा बैशाख १५ गतेबाट सुरु हुने फेस्टिभलको १२ औं संस्करण नेपालका तीनवटा प्रदेशमा हुनेछ।

महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा बैशाख १५ देखि १७ गतेसम्म आयोजना गरिनेछ। दोस्रो चरण बैशाख २० देखि २२ गतेसम्म कर्णाली प्रदेशको मध्यपश्चिम विश्वविद्धालय सुर्खेतमा हुनेछ। त्यस्तै, फेस्टिभलको अन्तिम प्रदर्शनी भने बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा हुनेछ।

महेन्द्रनगर, सुर्खेत र काठमाडौंमा हुने फेस्टिभलमा युरोपका आठवटा फिल्मका साथै नेपाली युवाहरुले बनाएका सर्ट फिल्महरु पनि प्रदर्शन गरिनेछ। तीनै ठाउँहरुको महोत्सवको सुरुवातमा ह्यामी रामेजन निर्देशित ‘एनी डे नाउ’ फिल्म देखाइनेछ।

‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने यसवर्षको महोत्सवको मूल विषय रहेको छ। महोत्सवकै क्रममा युरोपियन युनियन ले ‘मानवअधिकार प्रबर्धनमा फिल्मको भुमिका’ विषयक छलफल कार्यक्रम गर्नेछ।

महोत्सवमा प्रदर्शन हुने फिल्महरुमा अरस टी रिहानी निर्देशित ‘अस्कर एण्ड लीली’, एण्ड्री वारनेको ‘रमोना’, दोनातो रातुन निर्देशित ‘इयो स्टबने’ जहामी सन्जनीले निर्देशन गरेका ‘इमादज चाइल्डहुड’ रहेका छन। त्यसैगरि, इग्नस जोनासको ‘इनभिजिबल’, डेभिड फ्रेनको ‘डेटिङ्ग अम्बर’ र डेभिड फ्रेन निर्देशित फिल्म ‘मित्र’ प्रदर्शन हुनेछन्।

यसैगरी, महोत्सवमा टोनी ह्यागन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरुको पनि प्रदर्शन गरिनेछन्। अंकित खड्कीको निर्देशित ‘आई वान्टेड टु बी लाईक : माधुरी दिक्षित, विशाल रोक्का मगरको ‘गोर्खा गल’ र ग्रिष्म गिरीको ‘ब्लुज अफ पिंक’ पनि प्रदर्शन गरिनेछ।

यस्तै, मिन्शो लिम्बुको ‘जुनको’, सुनील पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ्ग विथ डिग्नीटी’, दीपक रौनियारको ‘फोर नाइटस्’ र दीपा श्रेष्ठको ‘डिफिटिङ्ग क्लाउडस्’ पनि प्रदर्शन हुनेछ।

महोत्सवको क्रममा देखाइने तीनवटा एनीडे नाउ, मित्र र इमादज चाइल्डहुड नेपाली सबटाइटलसहित देखाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell