PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

संसदका तीनवटा समिति एमालेको भागमा, संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गर्ने सहमति



पहिलोपोस्ट

संसदका तीनवटा समिति एमालेको भागमा, संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गर्ने सहमति

काठमाडौं : नेकपा एमालेले संसदका तीनवटा समितिको नेतृत्व पाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भएको सहमति अनुसार एमालेले तीन समितिको नेतृत्व पाउने भएको हो।

लेखा समिति  अन्य दुईवटा विषयगत समिति एमालेको भागमा परेका हुन्। एमालेका संसदीय दलका सचेतक महेश बर्तौलाले समिति भागबन्डामा सहमति जुटेको बताएका हुन्।

‘लेखा समिति र दुई विषयगत समिति लिने भन्ने भएको छ,’ उनले भने। 

यस्तै, संसदको अबको बैठकबाट संवैधानिक परिषद सम्बन्धिको विधेयक पारित गर्ने पनि सहमति जुटेको छ। संवैधानिक परिषद सम्बन्धि सहमति जुट्न नसक्दा प्रधानन्यायधीश सिफारिसको निर्णय हुन सकेको छैन। एमालेले संवैधानिक परिषदलाई देखाएर संसदीय समितिमा 'बार्गेनिङ' गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell