PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

एमालेको ‘कोर एरिया’मा रविको धावा, इच्छाकामनामा झन्डै दोब्बरको अग्रता



पहिलोपोस्ट

एमालेको ‘कोर एरिया’मा रविको धावा, इच्छाकामनामा झन्डै दोब्बरको अग्रता

काठमाडौंः चितवन २ को उपनिर्वाचनको जारी मतगणनामा इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मतगणना सकिएको छ। कूल ९ हजार ४४१ मत खसेकोमा १९७ बदर भएको छ। 

कूल सदर मतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार हजार ३५८ मतसहित अग्रता कायम राखेका छन्। यसअघि मंसिर ४ मा भएको निर्वाचनमा गाउँपालिकामा एमालेले राम्रो मत पाएको थियो। इच्छाकामना एमालेको पकड क्षेत्र मानिन्छ। 

लामिछानेलाई एमालेका रामप्रसाद न्यौपानेले पछ्याइरहेका छन्। न्यौपानले दुई हजार ५४४ मत पाएका छन्। उनले रविभन्दा एक हजार ८१४ मत कम पाएका छन्। 

यस्तै तेस्रोमा रहेका कांग्रेसका जीतनारायण श्रेष्ठले दुई हजार २०५ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell