PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा समस्या, त्रिभुवन विमानस्थल फर्काउने तयारी



पहिलोपोस्ट

काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा समस्या, त्रिभुवन विमानस्थल फर्काउने तयारी

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको छ।

उडान लगत्तै ठूलो आवाजले पड्किएको सुनिएको छ।

विमान अझै पनि आकाशमै फन्को मारिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आकस्मिक अवतरणका लागि त्रिभुवन विमानस्थलमा दमकल, फमको तयारी गरिँदै छ।

विमानमा भएको इन्धन घटाउने उपायस्वरुप अहिले विमान नेपाली आकाशमा निरन्तर फन्को लगाइरहेको बुझिएको छ।

थप विवरण आउन बाँकी छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell