PahiloPost

Jun 15, 2025 | १ असार २०८२

समस्या देखिएको फ्लाई दुबईको जहाज गन्तव्यमा उड्यो



पहिलोपोस्ट

समस्या देखिएको फ्लाई दुबईको जहाज गन्तव्यमा उड्यो

काठमाडौंः काठमाडौंबाट उड्नसाथ समस्या देखिएको फ्लाई दुबइको जहाज गन्तव्यमा उडेको छ। राति ९:२० दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा उडान भएलगत्तै समस्या देखिएको थियो। 

नेपाल नागरिक उड्ययन प्राधिकारीका महानिर्देशक प्रदिप अधिकारीले विमानमा प्राविधिक समस्या आएको र पाइलटले समाधान भएको भनेपछि विमान दुबई तर्फ नै उडेको जानकारी दिए।

‘विमानमा प्राविधिक समस्या आएको हो। विमानमा आगोको झिल्को (स्पार्क) देखिएको थियो। विमान चालकले हाम्रो एटीसीलाई विस्तृत जानकारी दिएको छैन। समस्या समाधान भएपछि विमान पुन: दुबई तर्फ जान्छु भनेर एटीसीलाई भन्यो र त्यसतर्फ गयो,’ महानिर्देशक अधिकारीले भने, ‘घटनाको प्राविधिक अनुसन्धान गरेर मात्रै के भएको हो पत्ता लाग्छ।’

विमानले धेरैबेर आकाशमै फन्को मारेको थियो। आकस्मिक अवतरण गर्नुपरेमा त्रिभुवन विमानस्थलमा दमकल, फम तयारी अवस्थामा राखिएको थियो।

फ्लाइ दुबईको चालक दलका सदस्य र त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) निरन्तर संवाद भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell