PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सात खेल खेल्दा हैदराबाद पाँचौँ पटक पराजित, दिल्लीको दोस्रो जित



पहिलोपोस्ट

सात खेल खेल्दा हैदराबाद पाँचौँ पटक पराजित, दिल्लीको दोस्रो जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार सम्पन्न खेलमा सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। हैदराबादस्थित राजीव गान्धी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली दिल्लीसँग ७ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ६ विकेट गुमाएर १३७ रनमा समेटियो।

दिल्लीका लागि मनिष पाण्डे र अक्षर पटेलले समान ३४ रन बनाउँदा मिचेल मार्सले २५ तथा डेभिड वार्नरले २१ रनको योगदान दिए। बलिङतर्फ हैदराबादका वासिङटन सुन्दरले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ तथा टी नटराजनले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादका लागि मयंक अग्रवालले ४९ रन बनाउँदा हेनरिच क्लासेनले ३१ तथा वासिंटन सुन्दरले अविजित २४ रन बनाए। बलिङतर्फ दिल्लीका एनरिच नोर्किया र अक्षर पटेलले समान २ विकेट लिँदा इशान्त शर्मा र कुलदीप यादवले समान १ विकेट लिए।

जारी सिजन प्रतियोगिताको छैटौँ खेलमा आएर पहिलो जित निकालेको दिल्लीको यो लगातार दोस्रो जित हो भने सात खेल खेलेको हैदारबादको यो पाँचौँ पराजय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell