PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

चितवन-२ को उपनिर्वाचन : रवि लामिछानेको फराकिलो अग्रता



पहिलोपोस्ट

चितवन-२ को उपनिर्वाचन : रवि लामिछानेको फराकिलो अग्रता
फाइल फोटो।

काठमाडौं : चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। हालसम्म आठ सय ७० मत बदर भएको छ। उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell