PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

बारा-२ उपनिर्वाचन : उपेन्द्र यादवको अग्रता कायमै



पहिलोपोस्ट

बारा-२ उपनिर्वाचन : उपेन्द्र यादवको अग्रता कायमै

बारा : बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्।

जसपा अध्यक्ष यादवले १० हजार चार सय ७८ मतका साथ अग्रता कायम गर्दा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ४० मत ल्याएर उनलाई पछ्याइरहेका छन्। यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार एक सय ४४ मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतवार उपनिर्वाचन भएको हो।

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा-२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो। महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell