PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

चीन आएको ८ महिनापछि राजदूत श्रेष्ठले बुझाए ओहदाको प्रमाणपत्र



पहिलोपोस्ट

चीन आएको ८ महिनापछि राजदूत श्रेष्ठले बुझाए ओहदाको प्रमाणपत्र

बेइजिङ : चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन्। गत अगष्टमा चीन आएका राजदूत श्रेष्ठले सोमवार ग्रेट हल अफ द पिपुल्समा आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ समक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन्।

राजदूत श्रेष्ठसँगै विभिन्न देशका अन्य ७२ राजदूतले पनि प्रमाणपत्र बुझाएका छन्। कोभिडका कारण सन् २०२१ अप्रिल यता यो समारोह ढिलो गरी आयोजित भएको हो।

यो ढिलाइका कारण राजदूत श्रेष्ठले ८ महिनापछि र अन्य कतिपय देशका राजदूतले दुई/तीन वर्षपछि यस्तो प्रमाणपत्र बुझाउने अवसर पाएका छन्। चीनमा वर्षमा २ पटक मार्च-अप्रिल र सेप्टेम्बर-अक्टोबरमा ओहदाको प्रमाणपत्र बुझाउने समारोहको आयोजना गरिन्छ।

त्यसअघि कुनै पनि राजदूतले चीनमा उत्रिने बित्तिकै परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागमा प्रतिलिपि बुझाएपछि आफ्ना कामहरू सुरु गर्न पाउँछन्। प्रमाणपत्र ग्रहण गरेपछि चिनियाँ राष्ट्रपति सीले चीनमा आएर काम गर्नका लागि स्वागत गरेको राजदूत श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell