काठमाडौं : चितवन २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५० हजार मत कटाएका छन्। हालसम्म भएको मतगणनामा उनले ५० हजार ७९ मत ल्याएका छन्।
यस्तै, नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याउँदा नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७८ मत ल्याएका छन्।