PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

महानगरले यसरी हटायो पुरानो बसपार्कको प्रहरी बिट

महानगरले यसरी हटायो पुरानो बसपार्कको प्रहरी बिट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : फुटपाथ ओगटेर बनाएको भन्दै काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ।

आज महानगर प्रहरीसहितको टोलीले बिट हटाएको हो। गत चैत २५ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ मिचेर बनाइएका प्रहरी बिटहरु हटाउन निर्देशन दिएका थिए।

सर्वसाधारण हिँड्न बनाइएको फुटपाथमा पर्ने केही संरचना हटाएपनि प्रहरीका बिटहरु अझै नहटेकाले समतामुलक कानुनको प्रयोग गर्नका लागि कानुन कार्यान्वयन गर्ने प्रहरी आफैंले हटाउनुपर्ने उनले बताएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell