काठमाडौं : चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन्।
५४ हजार १७६ मत ल्याउँदै उनी निर्वाचन भएका हुन्।
उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ११,२१४ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए।
गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए। तर, नागरिकता विषयमा सर्वोच्चले उनको पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन भएको हो।