PahiloPost

May 14, 2024 | १ जेठ २०८१

जितपछि रविको प्रतिक्रिया : प्रचण्ड सरकारलाई दिएको समर्थनको औचित्य अहिले देखेको छैन



पहिलोपोस्ट

जितपछि रविको प्रतिक्रिया : प्रचण्ड सरकारलाई दिएको समर्थनको औचित्य अहिले देखेको छैन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन्। चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए।

सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै उनले भने भने, 'मेरो प्रमुख एजेन्डा सुशासन नै हो। यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु।'

पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए।

 'ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ। यसलाई जिम्मेवारीका साथ लिनेछु,' उनले भने।

५४ हजार १७६ मत ल्याउँदै उनी निर्वाचन भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ११,२१४ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए।

गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए। तर, नागरिकता विषयमा सर्वोच्चले उनको पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन भएको हो।

यस्तै, लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको पनि बताएका छन्। यसबारेमा राजधानी फर्किएलगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो।

लामिछानेले भने, 'के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने-नदिने बारेमा निर्णय गर्छौं,' उनले भने, 'अहिले त्यत्ति औचित्य देखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell