PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

विमानमा 'बर्ड स्ट्राइक' भएको भ्रम फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई कारवाही



पहिलोपोस्ट

विमानमा 'बर्ड स्ट्राइक' भएको भ्रम फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई कारवाही
Photo : GULF NEWS

काठमाडौं : फ्लाइ दुबईको उडानमा समस्या हुँदा भ्रमपूण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही प्रक्रिया अघि बढाएको छ।

हिजो राति काठमाडौंबाट उडेको फ्लाइ दुबईको विमानमा समस्या आएको थियो। सुरुमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै विमान फिर्ता आउने तयारी गरिएको बताइए पनि पछि भने विमान दुबई तिरै लागेको थियो।

फ्लाइ दुबईका प्रवक्ताले भने काठमाडौंबाट टेक अफ गरेलगत्तै चरा ठोक्किँदा असहज परिस्थिति बनेको दाबी गरेका थिए। तर प्राधिकरणले भने चराका कारण विमानमा समस्या भएको भन्ने खबर निराधार भएको बताएको छ। तर, विमानमा के कारणले असहज परिस्थिति उत्पन्न भयो भन्ने बारेमा भने प्राधिकरणले केही बताएको छैन।

यता, भ्रमपूर्ण समाचार फैलाएको भन्दै प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। यस्तै, उनीहरुको एयरपोर्ट पाससमेत निष्कृय बनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell